काठमाडौँ। काठमाडौंको कागेश्वरी मनोहरा-८मा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छिन् ।
शनिबार दिउँसो १२ बजे कागेश्वरीको बागमती करिडोर किरात चोकमा आएर महिलाले आगो लगाएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताए।
एसपी अधिकारीका अनुसार उनी बा ३५ प ५८१८ नम्बरको स्कुटीमा चढेर आएकी थिइन् । शरीरमा आगो लगाएपछि प्रहरीको टोलीले महिलालाई उद्दार गरेर साखुमा रहेको सुस्मा कोइराला मेमोरियल हस्पिटलमा पुर्याएको छ ।
प्रतिक्रिया दिनुहोस्