काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

प्राप्त उपलब्धिलाई थप बलियो बनाउनेगरी संविधान संशोधन गर्नुपर्छः भट्टराई(भिडियो सहित)

4.65K
shares
khanepani bord

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अहिलेको उपलब्धिलाई थप बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित संविधान संशोधन अग्रगामी कि पश्चगामी ? विषयक कार्यक्रममा बोल्दै भट्टराईले सो कुरा बताएका हुन् ।

उनले ठुलो आन्दोलन र मेहनतका साथ जनताको संविधान निर्माण गर्न सफल भएको भन्दै अहिलेको उपलब्धिलाई थप बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताए ।

उनले संविधान सहमतिको दस्ताबेज भएकाले जनताको अधिकार स्थापित गर्नका लागि सबैको सहमतिमा संशोधन गर्न सकिने बताए । संशोधनका नाममा मुलुकलाई पश्चगमनतर्फ फर्काउने कोसिस स्वीकार्य नहुने उनको भनाइ छ । भट्टराईले मुलुकको स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने धारणा राखे ।

उनले संविधान संशोधन गर्दा विभिन्न शक्तिहरूलाई खेल्ने ठाउँ दिन नहुने समेत बताए । लडेर बनाएको जनताको संविधान बचाउनका लागि सबै एक हुनुपर्ने भट्टराईको भनाई थियो ।

IME
khanepani