गठबन्धनलाई पाखा लगाउँदै महासंघको कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित

काठमाडौँ । नेपाल पत्रकार महासंघको कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् । यसअघि केन्द्रीय सदस्य रहेका उनी शुक्रबार सम्पन्न निर्वाचनबाट कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रेस सेन्टर निकटका उनले सत्ता गठबन्धन निकट उम्मेदवार रामकृष्ण ज्ञवालीलाई पराजित गर्दै निर्वाचित गरेका हुन् ।

निर्वाचनबाट पदाधिकारीमा प्रेस युनियन र चौतारी निकटका निर्वाचित भएपनि कोषाध्यक्षमा भने प्रेस सेन्टर निकट अधिकारीले बाजी मारेका हुन् । उनी निर्वाचित भएको सबै प्रक्रिया पूरा गरेर केन्द्रीय निर्वाचन आयोगले घोषणा गर्नेछ ।

निर्वाचन समितिका संयोजक प्राध्यापक चिरञ्जिवि खनालले प्रदेश र केन्द्रका सबैजसो मतपरिणाम केन्द्रमा आइसकेको जानकारी दिँदै सबै जोडेर औपचारिक मतपरिणाम घोषणा गर्न लागिएको जानकारी दिए । उनले सबै प्रक्रिया सकेर आजै अन्तिम मतपरिणाम घोषणा गर्ने बताए ।

समितिले औपचारिक घोषणा गर्न बाँकी भएपनि अध्यक्षमा गठबन्धनका उम्मेदवार निर्मला शर्मा, वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महासचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् ।

३०,मंसिर.२०८१,आईतवार १०:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्