काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

मोरङको झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु

4.29K
shares
khanepani bord

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ ।

शनिबार राति करिब १ बजे झोराहाट चौकस्थित नहरको पुलमा प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर कटहरी गाउँपालिका–१ का २२ वर्षीय आशिक मरिक र ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरू बाबुछोरा हुन् ।

मोटरसाइकल छोरा आशिकले चलाएका थिए । तीव्र गतिमा रहेको मोटरसाइकल आफैं घिनाघाट–विराटचोक सडक खण्डको नहरमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकालाई प्रहरीले विराट नर्सिङहोम पठाएको थियो । अस्पतालमा उपचारका क्रममा राति नै उनीहरूको मृत्यु भएको हो ।

IME
khanepani