काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

ऊर्जामन्त्री खड्काको दाबी: नेपाल स्काउटसँग खड्का ल्याण्ड डेभलपमेण्टको विवाद कानूनी रूपले मसँग जोडिएको छैन

2.63K
shares
khanepani bord

काठमाडौ । काठमाडौ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपाल स्काउटसँग खड्का ल्याण्ड डेभलपमेण्टको विवाद कानूनी हिसाबले आफूसँग नजोडिएको बताएका छन्।

नेपाल स्काउट र खड्का ल्याण्ड डेभलपमेण्टबीच लामो समयदेखि बिबाद छ।

नेपाल स्काउटको लैनचौरस्थित ३ रोपनी जग्गा र दुई वटा भवन भाडामा लिएर खड्का ल्याण्ड डेभलपमेण्टले लामो समयदेखि व्यापार गर्दै आएको थियो।

तर मन्त्री खड्काको कम्पनीले भाडा बापत पैसा उठ्न नसक्दा स्काउटलाई पैसा तिर्न नसकेको मन्त्री खड्काले बताए।

‘स्काउटसँग मलाई जोडर समाचार आउनु नियोजित हो। राजनीतिक चरित्र हत्या गर्ने सोचका साथ मन्त्रीबाट हटाउन पाए हुन्थ्यो भनेर मात्रै समाचार आएका हुन्। स्काउट ऋणमा पुगेपछि मैले टेण्डर प्रक्रियाबाट भाडामा जग्गा लिएको हो। मैले प्रतिस्क्वायर फिट ४७ रुपैयाँ र महिनाको २५ लाख भाडा तिरेर बसेको हो। स्काउटको जग्गा लिने कम्पनीमा म हुँदासम्म समस्या थिएन,’ न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने, ‘तर स्काउटले विद्युत लाइन काट्ने, गेटमा चाबी लगाउने लगायतका काम निरन्तर भइरहेका थिए। संसदमा पनि यो विषयले प्रवेश पाएको हो।’

कोभिडको कारणले सटर भाडा तिर्न नसकेको कारण भाडा बुझाउन नसकिएको पनि उनले बताए।

‘४ करोड रुपैयाँ उठाउन र ३ करोड तिर्न बाँकी रहेको थियो। महिनाको २५ लाख रुपैयाँ भाडा भएपछि दुई वर्षमा ३ करोड पुग्नु ठूलो कुरा भएन। एक महिनाको भाडा तिर्दा तीन महिनाको भाडा तिर्न सक्दैनन्। सामान्य भाडा लिने र दिनेको कुरा राष्ट्रिय पत्रिकामा आउनुको पछाडी केही छ, मसँग कानूनी हिसाबमा जोडिँदैन,’ उनले भने।

IME
khanepani