काठमाडौं । पुरुष कर्मचारी भन्दा महिला कर्मचारीहरु काममा इमानदार हुन्छन भन्ने प्रचलन रहर्दै आएको छ । तर, कुनै कुनै क्षेत्रमा पुरुष कर्मचारीहरु भन्दा पनि महिला कर्मचारीहरु बढी भ्रष्ट देखिएको छ ।
भ्रष्ट पुरुषहरुको सामिप्यका कारण यी महिला कर्मचारीहरु बढी भ्रष्टाचारमा लिप्त भएको समाचार स्रोतले दावी गरेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)मा पुरुष कर्मचारीहरु भन्दा महिला कर्मचारीहरु बढी भ्रष्ट देखिएका छन । यसमा केयूकेएलका भ्रष्ट पुरुष कर्मचारीहरुको बढी हात रहेको जानकारवालाहरुले आरोप लगाएका छन ।
शाखाहरुमा प्रमुख भएर गएका कर्मचारी र लेखा प्रमुख भएका कर्मचारीहरु बढी अनियमित काम गर्ने र आर्थिक स्रोत खोज्ने गरेको शाखा शाखाबाट नेपाली जनतालाई समाचार प्राप्त भएका छन ।
यसरी आर्थिक अपराधमा केयूकेएलका अर्थ विभाग प्रमुखको बढी हात रहेको पनि समाचार स्रोतले दावी गरेको छ । केयूकेएलको ठिमि शाखामा शालिनी झा प्रमुख भएर गएपछि त्यहाँका प्राविधक जितेन्द्र साह र शालिनी झाले पानी मिटर व्यापकरुपमा खरिद गरेर उपभोक्ताहरुलाई ठगि गरिरहेको समाचार नेपाली जनतालाई प्राप्त भएको छ । बजारमा एक हजारमा पाइने मिटर उपभोक्तालाई ५ हजारमा बेचिरहेको समाचार स्रोतले दावी गरेको छ ।
लिक मर्मत, नयाँ पाइप लाइन जोड्ने पुराना पाइप लाइनको मर्मत लगाएत विषयमा झा र साहको मनोपलि भइरहेको बुझिएको छ । झालाई खानेपानीका ठुलै मानिसको आर्शिवाद प्राप्त रहेको पनि बुझिएको छ । यस सम्बन्धमा झासँग सम्पर्क राख्दा उनले अनविज्ञता व्यक्त गरेकि छिन ।
त्यसैगरि खानेपानीको शाखाहरुका सबैभन्दा ठुलो शाखा ललितपुर शाखामा पनि भ्रष्टाचार अनियमितताको जालो भुसको आगो झै सक्कर्दै गएको छ । उनी पनि एक प्राविधिक कर्मचारीको जालोमा फसेर दैनिक २ सय देखि ३ सयसम्म नक्कली पानी मिटर विक्री गर्दै लाखौ असुल्दै आएको बुझिएको छ । उनले यसरी अबैधबाटोबाट कमाएको पैसा केयुकेएलको माथिल्लो तहसम्म हिसाव बुझाउने गरेको समाचार स्रोतले दावी गरेको छ । यसरी कमाएको पैसा युनियनका नेताहरुको भागमा पनि छुट्याउने गरिएको जाउलाखेल शाखा स्रोतले बताएको छ ।
यहाँ कार्यालय प्रमुखमा इला भट्ट छिन । उनी पनि खानेपानी मन्त्रालयको ठुलै मानिसको संरक्षणमा भएको बुझिएको छ ।
किर्तिपुर शाखामा पनि भ्रष्टाचार र अनियमित काम व्यापकरुपमा हुने गरेको बुझिएको छ । र्कितिपुर शाखामा पनि विना कार्यालय प्रमुख छिन । मिटर विक्रि गर्नेमा महाराजगञ्ज शाखा पनि एक नम्बरमै पर्ने समाचार स्रोतले दावी गरेको छ । यसरी मिटर विक्री गर्नेमा कार्यालयकै कर्मचारीहरु पलिचालित हुने गरेको बुझिएको छ ।
शाखा शाखामा मिटर विक्रि गर्ने कर्मचारीहरुको विवरण समाचार प्राप्त भएका छन । साना कर्मचारीहरुको रोजिरोटीमा असर पर्ने भएकाले विवरण नछापिदिन स्रोतले आग्रह गरेका कारण नछापिएको हो ।
प्रतिक्रिया दिनुहोस्