काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

पूर्वाधार आयोजना योजनाबद्ध नहुँदा समस्या : भौतिकमन्त्री दाहाल

2.77K
shares
khanepani bord

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुलुकमा भौतिक पूर्वाधार आयोजना र विकास योजनाबद्ध नहुँदा समस्या भएको बताएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४८औं वार्षिक साधारणसभामा मन्त्री दाहालले देशमा भौतिक पूर्वाधारका कुरा योजनाबद्ध नहुँदा समस्या भएको बताएका हुन् ।

‘हाम्रा भौतिक योजनाहरू जे आए त्यही गर्ने, नेताहरूलाई मन लागेको गर्ने, आयोजना पनि उस्तै अवस्था हुँदै आयो । यसले विकास प्रक्रियामा नै समस्या भएको छ,’ दाहालले भने ।

सरकारले नीति राम्रो बनाए पनि ‘फलो’ नगर्दा समस्या भएको बताए ।

‘आयोजना बैंक बनाए पनि सोही अनुसार काम नगर्दा प्रभावकारी विकास हुन सकेको छैन । केही समय आएको बाढीले पनि सोही कुरा देखियो । अब हामीले हिजो गरेको डिजाइनहरूबारे सोच्नुपर्ने, समीक्षा गर्नुपर्ने बेला भयो,’ दाहालले भने ।

IME
khanepani