काठमाडौं । ‘ हनी ट्र्यापर’ को आराेप लागेकी धादिङकी शोभा पाठकलाई प्रहरीले जिल्ला अदालत काठमाडौंबाट नियन्त्रणमा लिएको छ । साइबर अपराधको उजुरीमा उनलाई सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीविरुद्ध राजकुमार त्रिपाठीले साइबर कसुरमा जाहेरी दिएका थिए । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको छ ।
जानुका पाठक भनिने शोभा पाठकविरुद्ध मंसिर १८ मा विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाहीका लागि पक्राउ पुर्जी जारी भएको प्रहरी बृत्त स्वयम्भूका डीएसपी उध्दव भाटले बताए । उनलाई खोजी गर्ने क्रममा जिल्ला अदालतबाट नियन्त्रणमा लिइएको हो ।
प्रतिक्रिया दिनुहोस्