काठमाडौं । खानेपानी मन्त्रालयमा मन्त्रीलाई संबोधन गरेर काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड विरुद्ध काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का शाखा प्रमुखहरु निवेदक भएर उजुरी दिएको विषय यतिखेर खानेपानी क्षेत्रमा चर्चाको विषय भएको छ ।
केयूकेएल शाखा प्रमुख उजुरी कर्ता भएर मन्त्रीलाई उजुरी दिदाँ खानेपानी सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शर्तकता केन्द्रलाई समेत बोधार्थ दिइएको छ ।
उजुरीमा भनिएको छ, बोर्डले केयूकेएलका शाखाहरुलाई बजेट दिदाँ आर्थिक प्रस्ताव राखेको, पैसा दिने शाखाहरुमा पैसा मनपरि ढंगले दिएको र बोर्डका कार्यकारी निर्देशकले मनपरि गरेको भन्ने उजुरीमा उल्लेख गरिएको छ ।
त्यो उजुरी पहिलो दृष्टिमै भ्रामक, कालोकल्पीत र दुराशाय युक्त देखिएको छ । त्यसैले यो उजुरी केयूकेएल बुझेको व्यक्ति र संस्थाले हालेको हैन, भन्ने बुझ्न कुनै कठिनाई नै छैन । केयूकेएलका शाखा प्रमुखहरु धेरैलाई यस विषयमा सुईको समेत छैन । यसरी बेनामे उजुरीका विषयमा मन्त्रालयका अधिकारीहरुले सम्बन्धीत निकायलाई पत्रचार गर्नु नै आश्र्चाय जनक छ ।
केयुकेएलका शाखा प्रमुखहरुसँग जिज्ञासा राख्दा आश्र्चाय चकित हुर्दै अनविज्ञता प्रकट गरेका छन । खानेपानीकै क्षेत्रमा राजधानीको पाइपलाईन देखि राजधानीको पानीको स्रोत पहिचान गरेका र पानीको वितरण सञ्जालको परिचालन बुझेका बोर्डका कार्यकारी निर्देशक अरु छैनन । उनी लामो समय खानेपानी संस्थान हुर्दै केयूकेएल र आयोजना निर्देशनालयमा बसेर काम गरि सकेका काविल, इमानदार र सज्जन व्यक्ति भित्र पर्दछन ।
उनलाई अप्ठारो बनाएर अनुचित फाइदा लिने शक्ति, समुह र व्यक्तिहरुलाई फाइदा भएको होला तर, राज्य र सस्थाका लागि बोर्डका कार्यकारी निर्देशक जस्तो मानिस विरलै पाउन सक्ला ?
उनको तेजोबध गरेर अनुचित आर्थिक लाभ लिन खोज्ने तत्वहरुले उजुरी हालेको भन्न कुनै संकोच मान्नु पर्ने अवस्था छैन ।
बोर्डले केयूकेएललाई बजेट पठाउँदा केयूकेएलको केन्द्रीय कार्यालयलाई पठाउँछ । कुन शाखालाई कति बजेट दिने त्यो खटन पटन बोर्डले गर्दैन, त्यो काम केयुकेएलको हो । यति त उजुरी हाल्ने हरिलड्कहरुले बुझेको हुनु पर्ने होइन र ?
बोर्डले केयूकेएललाई बार्षिक सय करोड बराबर दिन्छ होला ? बोर्डले आयोजना निर्देशनालयलाई खरवौ खरव बजेट दिर्दै आएको छ । करिव ११ बर्षसम्म आर्थिक स्रोत नखोजेका कार्यकारी निर्देशकले आज खोजेको देख्ने त्यो कुन क्षेत्रको कुरुप विज्ञ होला ? त्यसैले आफ्नो रोटी सेकाउन नसक्नेहरुको खेलेको खेल हा,े भनी बुझ्न कठिन छैन ।
प्राप्त सूचना अनुसार, “खानेपानी मन्त्रालयका ठालुले आफैले केयूकेएलको शाखा प्रमुख बनाएका शाखा प्रमुखलाई निर्देशन दिएर बेनामे उजुरी हालेर त्यहि उजुरीमा टेकेर केहि आर्थिक आर्जन गर्ने उदेश्य राखेको हुन सक्ने अनुमान पनि खानेपानीका विज्ञ सहसचिवहरुले गरेका छन ।”
अर्को सूचना स्रोत भन्छ,“काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का सिइओ अशोककुमार पौडेलले अर्थ विभाग प्रमुख र प्रशासन महाशाखा प्रमुखलाई निर्देशन दिएर सोहि निर्देशन अनुसार उक्त उजुरी खानेपानी मन्त्रीको ध्यान केयुकेएलबाट अनेत्र केन्द्रित गर्न दिएको हो ।”
केयूकेएलको अर्थ विभागमा उजुरी दिने योजना बनेको भन्ने तर्क पनि बजारमा आएका छन । केही यूनियनका नेताहरु, अर्थ विभाग प्रमुख, महाशाखा प्रमुख, अनुगमन प्रमुखले उजुरी टाइप गरेको र आयोजनाका एक जना कर्मचारीले उक्त उजुरी ठाउँ ठाउँसम्म पुर्याउने जिम्मेवारी समेत पाएको सूचना स्रोतले केहि समय अगाडि नेपाली जनतालाई दिएको थियो ।
जे होस, यो बेनामे उजुरीमा खानेपानी क्षेत्रको ठालुको सबैभन्दा ठूलो हात रहेको र त्यसमा सहयोगीको भुमिका केहि खुनी तत्वले गरेको बुझ्न कठिन छैन । बोर्डको करिव ११ बर्ष नेतृत्व गरिसकेका कार्यकारी निर्देशक विरुद्ध आर्थिक आर्जनकै लागि यो तानाबुना बुनियको हो, भनेर बुझ्न कुनै कठिन विषय होइन ।
प्रतिक्रिया दिनुहोस्