काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

भक्तपुरमा बुवाले गरे छोराको हत्या

3.15K
shares
khanepani bord

काठमाडौं । भक्तपुरमा बुवाले छोराको हत्या गरेका छन् । घरायसी विवादमा ६३ वर्षीय दीपबहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरी ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको हत्या गरेका हुन् ।

अछामको कमलनगर नगरपालिका-६ घर भएका उनीहरु भक्तपुर नगरपालिका-२ स्थित शहीद स्मृति खेल मैदान नजिक बस्दै आएका थिए ।

गएराति करिब सवा १० बजे घरायसी विवादको क्रममा दीपबहादुरले तरकारी काट्ने चक्कु छोरामाथि प्रहार गरेका थिए । बुवाको चक्कु प्रहारबाट गम्भीर घाइते भएका नरेन्द्रबहादुरलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा राति पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
शव पोष्टमार्टमका लागि राति सवा १२ बजे काठमाडौंको मेडिकल कलेज दुवाकोट पठाइएको थियो ।

छोराको हत्यामा संलग्न दीपबहादुरलाई जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको छ ।

IME
khanepani