काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

काठमाडौंको बत्तिसपुतलीबाट ३६ लाखसहित ४ जना पक्राउ

3.06K
shares
khanepani bord

काठमाडौं । काठमाडौंको बत्तिसपुतलीबाट ३६ लाखसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्रोत नखुलेको रकमसहित बुधबार साँझ चार जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीहरू हुण्डी कारोबारी रहेको आशंका प्रहरीले गरेको छ ।

पक्राउ परेकाहरुको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । केही समयमा विवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । यसअघि सिनामंगलबाट ६८ लाखसहित चारै जनालाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको थियो ।

जसमा राजकुमार माली, प्रवेश कुमार पौडेल, युवराज सुवेदी र एक किशोर पक्राउ परेका थिए । प्रदेश ३–०१–०२२ च १०७२ नम्बरको कारमा सवार रकम बोकेर हिँडेको अवस्थामा उनीहरू पक्राउ परेका थिए ।

IME
khanepani