राज्य व्यवस्था समितिका सदस्यहरुले प्रधानमन्त्री ओलीलाई नभेट्ने

काठमाडौं । राज्य व्यवस्था एवं सुशासन समितिका सत्ता पक्षका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेट्ने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारणसम्बन्धी संसदीय उपसमितिको प्रतिवेदनमा चासो राख्दै प्रधानमन्त्री ओलीले आज समितिमा रहेका सत्ता पक्षका सांसदहरुलाई बालुवाटार बोलाएका थिए ।

प्रधानमन्त्री ओलीले बोलाएको भएपनि भेट्न भने गएनन ।  तर आज भने सात्ता साझेदार नेपाली कांग्रेसका नेतासमेत रहेका समिति सभापति रामहरि खतिवडाले प्रधानमन्त्रीलाई भेट्न नजाने बताए । ‘सांसदहरुले प्रधानमन्त्रीलाई भेट्न जाने कुरा ठूलो होइन, तर हामी जाँदै सभापति खतिवडाले बताए । समितिका सदस्य एवम् नेकपा एमालेका नेता रघुजी पन्तले पनि आफूहरुले प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम नरहेको बताएका छन् ।

अर्का काँग्रेसका साँसद हृदयराम थानी संयोजकत्वको उपसमितिले भ्रष्टाचार निवारण ऐनको संशोधन विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको संशोधन विधेयक सम्बन्धी प्रतिवेदन समितिमा बुझाएको थियो । सो प्रतिवेदनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप शक्तिशाली बनाउने लगायतका व्यवस्था प्रस्तावित छन् । उपसमितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीतिगत बाहेक अरु प्रकृतिका मन्त्रिपरिषद्का निर्णयमाथि अनुसन्धान गर्न पाउने गरी ऐन बनाउने विषयमा सहमति जुटाएर मूल प्रतिवेदन समितिमा बुझाएको छ ।

उपसमितिले सर्वसम्मत पास गरेको प्रतिवेदनमा उल्लिखित नीतिगत निर्णयको परिभाषा, बेनामी उजुरी र पाँच वर्षे हदम्यादमा प्रधानमन्त्री ओलीको चासो रहँदै आएको छ । उपसमितिले प्रतिवेदन समितिमा बुझाएपछि प्रधानमन्त्रीले समितिका सदस्यहरुलाई बालुवाटारमा छलफलका लागि बोलाएको समाचार सार्वजनिक भएको थियो ।

४,पुष.२०८१,बिहीबार ११:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्