न्याय परिषद्लाई गतिशिल बनाउन सवै क्षेत्रको सहयोग आबश्यक छ : प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय परिषद्लाई गतिशिल बनाउनु पर्ने बताएका छन् ।  उनले न्याय परिषद् दिवस,२०८१ को अवसरमा आयोजित कार्यक्रममा  सो कुरा बताएका हुन ।  उनेले न्याय परिषद्लाई गतिशिल र जिम्मेवार बनाउनसकेमात्रै न्याय क्षेत्रमा देखापरेका विकृति र विसंगतिहरुको अन्त्य गर्न सकिने समेत बताएका छन् ।

उनले न्याय परिषद्को सक्रियता समग्र न्याय प्रणालीको सुदृढिकरणको प्रस्थानबिन्दु भएको बताउदै न्याय परिषद्ले सम्पादन गर्ने कुनैपनि काम कारबाही पारदर्शी हुनुपर्ने बताएका छन् । उनले नेपालको संविधानले समग्र देशको न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशलाई दिएको कुरालाई आत्मसाथ गर्दै उक्त जिम्मेवारी निर्वाह गर्ने भरपर्दो सारथीको रुपमा मैले न्याय परिषद्लाई समेत बताएका छन् ।

४,पुष.२०८१,बिहीबार ११:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्