धापासीको एक घरमा आगलागी,राजधानीका सबै निकायका दमकल आगो निभाउन प्रयोग

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ ५ बजेर २३ मिनेटको समयमा घरमा आगलागी भएको हो ।

अहिले दमकल पुगेर निभाउने प्रयास भइरहेको छ । काठमाडौं, ललितपुर, भक्तपुरबाट दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबारे थप विवरण आउन बाँकी छ ।

४,पुष.२०८१,बिहीबार १८:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्