काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

एडीबीद्वारा एक खर्ब पाँच अर्ब एकसट्ठी करोड सहयोग (भिडियो सहित)

3.81K
shares
khanepani bord

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न एक खर्ब पाँच अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये छ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो ।

दोस्रो चरणको काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना तथा समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न उक्त ऋण एवं अनुदान उपयोग गरिनेछ ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र एडीबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरे ।

IME
khanepani