रविको बयानको सारः “सहकारीको रकम मेरो पेटमा एक रुपैयाँ पनि परेको छैन” (पूर्णपाठ)

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई थाहा दिए कर्तुत बाहिरिने डरले गैरकानूनी तरिकाले हिसाब मिलान गरेको बयान दिएका छन् । उनले जिल्ला सरकारी वकिल कार्यालय कास्की समक्ष कर्तुत बाहिरिने डरले गोप्य रुपमा गैरकानूनी तरिकाले हिसाब मिलान गरेको वयान दिएका हुन् ।

‘मलाई जानकारी भएको खण्डमा यिनिहरूको कर्तुत बाहिर आउने डर समेत राखि योजनाबद्ध र गोप्य रूपमा गैरकानूनी तरिकाले हिसाब मिलान गरी अर्को वर्षलाई समेत गरिएको रहेछ’, उनले बयानका क्रममा भनेका छन् ।

उनले गैरकानूनी ढंगबाट ऋण लिइएको जानकारी आफुलाई नभएको बताएका छन् । आफू गोर्खा मिडियामा हुँदासम्म कम्पनी नलिएको लामिछानेले दाबी गरे । ‘बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने कुनै कार्य म कम्पनीमा रहँदा सम्म भए गरेको छैन सहकारीको रकम अपचलन गर्नमा मेरो कुनै किसिमको मिलेमतो संलग्नता रहेको छैन’, उनले भनेका छन् ।

रविले सहकारीको एक रुपैयाँ पनि आफू नखाएको बताएका छन् । संसदीय छानबिन समितिको प्रतिवेदनमा संलग्नता नरहेको पुष्टि भएको उनले बताए ।

उनले भने, ‘सहकारीको रकम मेरो पेटमा एक रुपैयाँ वरावर पनि परेको छैन । सहकारीको रकम अपचलन गर्नमा मेरो संलग्नता नभएको कुरा सदीय छानबिन विशेष समितिले पेश गरेको प्रतिवेदनमा समेत स्पष्ट रूपमा उजागर भई सकेको अवस्था छ ।’

७,पुष.२०८१,आईतवार १८:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्