काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

पार्टी व्यवस्थापन नै कांग्रेसको मूल चुनौती हो : नेता सिंह

2.41K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले क्रियाशील सदस्यताको महत्त्व पार्टी सदस्यहरूलाई बुझाउनुपर्नेमा जोड दिएका छन्।

उपप्रधान तथा शहरी विकास मन्त्री समेत रहेका सिंहले सोमबार कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले क्षेत्र पार्टीमा आयोजना गरेको कार्यक्रममा बोल्दै पार्टी व्यवस्थापन नै अहिले कांग्रेसको मूल चुनौती रहेको पनि बताए।

उनले भने, ‘अहिले कांग्रेसका लागि पार्टीलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने भन्ने मुख्य सवाल हो। क्रियाशील सदस्यको संख्या धेरै छ। तर, क्रियाशील सदस्यहरूलाई सदस्यताको महत्त्व बुझाउन नसकेको हो कि ? अब बुझाउनुपर्‍यो ।’

हरेक क्रियाशील सदस्यहरूलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्नेमा उनको जोड छ। देशमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य मान्यता ल्याउन धेरै संघर्ष गरेको र जनताको पटक पटक विश्वास जितेको कांग्रेस पार्टीको क्रियाशील सदस्यता सामान्य विषय नभएको पनि उनले बताए।

पार्टीभित्र समस्या भए बसेर समाधान गर्नुपर्ने बताए। १ सय दिने विशेष अभियानले पार्टी संगठन सुदृढीकरण गर्न सहयोग पुग्ने पनि उनले विश्वास व्यक्त गरे।

काठमाडौं कांग्रेसको सय दिने विशेष अभियानका लागि पूर्वमन्त्री कृष्णप्रसाद सिटौला खटिएका छन्।

IME
khanepani