काठमाडौं । काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको...

पुरा पढ्नुहाेस्

भक्तपुरकाे बालकाेटमा बाबु छाेरा मृत भेटिए, अर्का छाेरा बेपत्ता

2.82K
shares
khanepani bord

काठमाडौं । भक्तपुरमा बाबुछोरा मृत भेटिएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटको एक घरमा बाबुछोरा मृत भेटिएका हुन् ।

खोटाङको रूपाकोट मजुवागढी नगरपालिका- १ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा नवीन मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

आचार्यका जेठा छाेरा भने सम्पर्कबिहीन छन् । उनीहरु तीन जना सँगै बस्दै आइरहेका थिए । उनीहरु भाडाकाे घरमा बस्दै आएका थिए ।

उनका अनुसार उनीहरुको शव छुट्टाछुटै कोठामा फेला परेको हो । उनीहरुको शरीरमा धारिलो हतियार प्रहार भएकाले हत्या गरिएको हुन सक्ने उनले बताए । साथै दुबै काेठामा बाहिरबाट ताला लगाइएकाे थियाे ।

IME
khanepani