काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले नेपाल प्रिमियर लिग (एनपीएल)मा उच्छृङ्खल व्यवहार देखाउनेमाथि कारबाही गर्न माग गरेका छन् । सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले एनपीएलमा उच्छृङ्खल व्यवहार देखाउनेमाथि कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।
उनले भने, ‘एनपीएल खेलको बिचमा उच्छृङ्खल व्यवहार भयो । कुटपिट भयो । यो संविधानको हितमा भएन । नराम्रो घटना भयो ।’
सांसद यादवले दोषीमाथि कारबाही गर्नका लागि सरकारलाई समितिले ध्यानाकर्षण गराउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्