बैङ्किङ कसुरमा विराटनगर १२ का वडाअध्यक्ष हिरालाल कामत पक्राउ

विराटनगर । बैङ्किङ कसुरमा विराटनगर १२ का वडाअध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् ।

उनलाई चेक बाउन्सको मुद्दामा सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनी विरुद्ध गयानन्द ठाकुरले चेक बाउन्सको मुद्दा दायर गरेका थिए । ठाकुरलाई कामतले ५ लाखको चेक दिएका थिए ।

मंसिर २५ गते मोरङ अदालतबाट पक्राउ पूर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रसाद जोशीले जानकारी दिए ।

कामतले दिएको ५ लाखको चेक बाउन्स भएपछि कार्तिकमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । बैंकिङ कसुरमा पक्राउ परेका कामत जसपाबाट उम्मेदवारी दिएर वडाअध्क्षमा निर्वाचित भएका थिए ।

९,पुष.२०८१,मंगलवार ०९:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्