नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर, बढ्यो चाँदी

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।

सोमबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ।

सोमबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार आठ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

९,पुष.२०८१,मंगलवार ११:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्