धादिङ अस्पताल सञ्चालन समिति अध्यक्षमा राधिका सापकोटा मनोनीत

हेटौँडा । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा राधिका सापकोटालाई मनोनीत गरेको छ ।
स्वास्थ्य मन्त्रालयको मन्त्री स्तरीय निर्णयले अस्पतालको अध्यक्षमा गल्छीकी स्थानीय सापकोटालाई नियुक्त गरेको हो ।

प्रदेशको स्वास्थ्य सेवा ऐन २०७५ पहिलो संशोधन २०८१ को दफा २६ उपदफा २ को काम कर्तव्य अधिकार बमोजिम दफा २६९क उपदफा ९९० बमोजिम सापकोटालाई मनोनीत गरिएको निमित्त प्रदेश सचिव सागरप्रसाद घिमिरेले बताए ।

सापकोटा एमाले धादिङको जिल्ला सचिव समेत हुन ।

१०,पुष.२०८१,बुधबार १०:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्