आफ्नोबारे मात्रै चिन्ता लिएर बीपीको जस्तो राजनीति हुँदैछ : सांसद डा. शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शशांक कोइरालाले नेपाली कांग्रेसले बीपी कोइरालाका विचार अंगालेर अघि बढ्न जरुरी रहेको बताएका छन् ।

बुधबार नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले कुनैपनि नेताले समाजका लागि सोच्न जरुरी रहेको बताए ।

‘हाम्रो समाज हजारौं वर्षदेखि चलिआएको समाज हो । त्यो समाजको निरन्तरता हामीले दिने हो । बीपी कोइरालाको जुन विचार छ, त्यो विचारमा अडिएर हामीले अगाडि बढ्नुपर्छ,’ उनले भने ।

समाजका लागि सोचेमात्रै राजनीति हुने बताउँदै उनले आफ्नो मात्र चिन्ता गरेर राजनीति नचल्ने उनको जिकिर छ ।

नेपाली समाज वर्षौं पुरानो रहेको उल्लेख गर्दै त्यो समाजलाई निरन्तरता दिने काम नयाँ पुस्ताको भएको कोइरालाको भनाइ थियो ।

‘आज मान्छेले बीपी कोइरालालाई किन सम्झिन्छन्, उहाँ करोडपति वा अर्बपति त हुनुहुन्नथ्यो । किन भने उहाँले आफ्नो जीवन यस्तो प्रयोग गर्नु भयो,’ उनले भने, ‘उहाँले आफ्नो जीवन अरुका लागि व्याप्त गर्नु भयो । मान्छेले आफूबाट निस्किएर गएपछि मात्र राजनीति सुरु हुन्छ । आफ्नो बारेमा मात्र चिन्ता गरेर त्यस्तो राजनीति चल्दैन ।’

१०,पुष.२०८१,बुधबार १६:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्