काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

खोटाङमा टाटा सुमो दुर्घटना, घाइते एक यात्रु गम्भीर

3.5K
shares
khanepani bord

काठमाडौं। खोटाङमा टाटा सुमो दुर्घटना हुँदा एक जना यात्रु गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा खोटाङकै केपिलासगढी–१ फेदीका ७३ वर्षी दुर्गाप्रसाद राई छन्। उनको उद्दार गरेर उपचारका लागि सदरमुकाम दिक्तेलतर्फ पठाइएको खोटाङका डीएसपी प्रतिक बिष्टले बताए ।

उनका अनुसार काठमाडौंबाट खोटाङ आउँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो खोटाङकै केपिलासगढी गाउँपालिका–३ तापखोला नजिक दुर्घटना भएको थियो।

उनका अनुसार बाटोमा काठ तेर्सिएपछि हटाउन भनेर चालक शत्रुधन राई झरेको बेलामा दुर्घटना भएको थियो ।

रोकेको सुमो गड्दै करिब २ मिटर तल खसेको उनले बताए । सुमोमा एक जना मात्रै रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।

IME
khanepani