ओली विरोधी समाप्त पार्दै: भीम रावल एमालेबाट निश्कासित,दुई नेत्री निलम्बित(भिडियो सहित)
वि.सं.२०८१ पुस १० बुधवार १८:३८
shares

काठमाडौं । नेकपा (एमाले)ले अध्यक्ष केपी ओलीको मतसँग फरक मत राख्दै आएका नेतालाई निश्कासन गरेको छ भने स्थायी समिति सदस्य र केन्द्रय सदस्यलाई निलम्बित गरेको छ ।
नेकपा(एमाले) को भर्खरै सम्पन्न सचिवालय बैठकले यसका पूर्व उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यताबाट निश्कासन गरेको छ । भाटभटेनीका सन्चालक मीनबहादुर गुरुङबाट जग्गा लिने निर्णयको सार्वजनिक विरोध गर्ने स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना भने छ/छ महिनाका निम्ति निलम्बित भएका छन् । शुरुमा यी दुईलाई एक एक तह घटुवा गर्ने प्रस्ताव थियो ।

























