काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

माओत्सेतुङ सम्झँदै प्रचण्डले भने, ‘नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि संघर्षरत छौं’

2.82K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषता अनुसार मूल भूतरुपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न आफूहरु संघर्षरत रहेको बताएका छन्।

चिनियाँ नेता माओत्सेतुङ जन्मदिनको अवसरमा सम्झिँदै माओले विकास गरेको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार विश्व सन्दर्भमा र नेपाली क्रान्तिको लागि पनि मार्गदर्शकको रुपमा रहँदै आएको बताएका हन्।

प्रचण्डले भनेका छन्, ‘चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक कमरेड माओत्सेतुङ संसारभरिका वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजश्रस्रोत हुनुहुन्छ । कमरेड माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको दिशामा अगाडि बढाउनुभयो ।’

माओत्सेतुङलाई सम्झँदै विगतमा आफू नेतृत्वको सरकारले सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको बताए।

थपेका छन्, ‘यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनैतिक कदम थियो र हाम्रो पार्टीले आज पनि यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको छ । कमरेड माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिंदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ ।’

IME
khanepani