हेटौँडा । सात जना सचिव रिक्त रहेको बागमती प्रदेशमा सङ्घीय सरकारले तीनजना सचिव खटाएको छ ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले संघबाट रिक्त सात मध्य तीन सचिवहरू बागमती प्रदेशमा आएको बताए ।
उनका अनुसार डा. सुमित्रा गौतम, रिपेशकुमार शाक्य र वीरेन्द्रदेव भारती सचिवका रूपमा वाग्मती प्रदेशमा आएका छन् ।
हेटौँडा आएका मध्य डाक्टर गौतमलाई स्वास्थ्य मन्त्रालयको सचिवमा मन्त्रिपरिषद्ले जिम्मा दिएको छ भने अन्य दुईजनाको हकमा आजभोलिमा नै निर्णयमा पुग्ने बताइएको छ ।
१४ वटा मन्त्रालय रहेको बागमती प्रदेशमा सात जना सचिव रिक्त हुँदा सरकारको दैनिक कामकारबाहीमा समेत ठुलो प्रभाव परेको थियो ।
सङ्घीय सरकारले समयमा नै सचिवहरूको व्यवस्थापन नगरेको भन्दै प्रदेश सरकारले पटक–पटक सरकारको ताकेता समेत गरेको थियो ।
बागमतीमा मुख्यमन्त्री बहादुर सिंह लामाले सङ्घीय सरकारलेले सङ्घीयता कार्यान्वयनमा चासो नदिँदा प्रदेश सरकारहरूले सोचे अनुसारको काम गर्न नसकेको सार्वजनिक कार्यक्रममा बताएका थिए ।
मन्त्रालयको लागि आवश्यक सचिव नपठाएर प्रदेश सरकारको नियमित कामकाज नै प्रभावित गर्नु सङ्घीय सरकारको सङ्घीयतामाथिको अवहेलना भएको उनको अभिव्यक्ति थियो ।
प्रतिक्रिया दिनुहोस्