सामाजिक सुरक्षा कोषले माग्यो निर्देशकदेखि कम्युटर अपरेटसम्म २९ कर्मचारी

काठमाडौ । काठमाडौ सामाजिक सुरक्षा कोषले २९ कर्मचारी मागेको छ।

शुक्रबार सूचना प्रकाशित गर्दै कोषले निर्देशकदेखि कम्प्युटर अपरेटरसम्म २९ कर्मचारीका लागि आवेदन आह्वान गरेको हो।

कोषले निर्देशक र सहायक निर्देशकको पदपूर्ति आन्तरिक प्रतियोगिताबाट गर्ने जनाएको छ। बाँकीका लागि लोकसेवा आयोगबाट खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्ने जनाएको छ।

कोषले प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ प्रशासन सहायक, लेखापाल लगायत विभिन्न पदमा कर्मचारी मागेको हो।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ ३ गतेसम्म कोषको अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिन सक्नेछन्।

१२,पुष.२०८१,शुक्रबार ०९:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्