व्यक्तिको जग्गा सरकारले लुटेको छ, मुआब्जाको कुनै प्रोसेस भएको छैन : बालेन (भिडियो सहित)

काठमाडौं । सार्वजनिक कार्यक्रममा विरलै जाने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह शुक्रबार तीनकुनेमा आयोजित एक कार्यक्रममा देखा परे । पहिलोपटक आयोजना गरिएको कोटेश्वर महोत्सवमा उनलाई प्रमुख अतिथिको रूपमा निम्त्याइएको थियो ।

तीनकुनेभित्रका जग्गाधनीहरुको सहमति र सरस्वती युथ क्लवको सहकार्यमा यो महोत्सव आयोजना गरिएको हो । कार्यक्रममा बालेनसँगै महानगरकी उपमेयर सुनीता डंगोल पनि विशेष अतिथिको रुपमा उपस्थित भइन् । उनीहरु एकै साथ कार्यक्रमस्थल आइपुगेका थिए ।

मेयर–उपमेयरको आगमनले आयोजकहरु औधि उत्साहित देखिए । उनीहरुलाई आसनग्रहणपश्चात राष्ट्रिय गान बजाइयो । राष्ट्रिय गान सकिनासाथ बालेन भने के कारणले हो आफ्नो आसन छोडेर मञ्चको पछाडिपट्टिको सिटमा गएर बसे । अन्य अतिथिहरुले आग्रह गर्दा पनि उनी अगााडि आएनन् ।

बालेनको आगमनपछि अन्य वक्ताहरुले आफ्नो भाषण छोट्याएका थिए । उपमेयर डंगोलले आफ्नो मन्तव्य ३ मिनेटभित्र सकिन् । अन्तिममा बालेन बोल्नलाई उभिए । उनले पनि चार मिनेट मात्रै बोले ।

आफ्नो सम्वोधनमा बालेनले कोटेश्वरका व्यवसायीलाई यस महोत्सवमार्फत आफ्नो पृथक विशेषतालाई उजागर गर्न सुझाव दिए । नेपाली उत्पादनको खरिद विक्रीमा जोड दिए । अनि, तीनकुनेको जग्गा अधिग्रहणलाई ‘सरकारले गरेको लुट’ को संज्ञा दिँदे मुआब्जाको लागि दवाव दिन जग्गाधनीलाई आग्रह गरे ।

१२,पुष.२०८१,शुक्रबार १६:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्