सम्पति शुद्धीकरणको मुद्दा जिल्ला जिल्लाबाट चलाउने हो भने कोही बाँकी रहँदैनन्: चन्द्र भण्डारी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने हो भने कुनै नेता पनि बाँकी नरहने टिप्पणी गरेका छन्।

रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसहित तीन मुद्दा प्रक्रिया अघि बढिरहेको बेलामा सांसद भण्डारीले यस्तो टिप्पणी गरेका हुन्।

‘सम्पति शुद्धिकरणको मुद्दा जिल्ला जिल्लाबाट जसको जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को ?’ उनले फेसबुकमा लेखेका छन्, ‘बुझ्ने कोशिस गर ।’

प्रतिकृयामा रमाउनेहरुले हतार नगर्न आग्रह गर्दै सत्यलाई सत्य थाहा हुने उल्लेख गरेका छन्।

१२,पुष.२०८१,शुक्रबार १६:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्