काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हदबारे छिनोफानो गर्न हुर्दै आज मतदान

2.76K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा उमेर लगाउने कि नलगाउने भन्ने विषयमा देशभर मतदान सुरु भएको छ।
अखिल क्रान्तिकारीको नेतृत्वमा ३२ वर्षे उमेर हद तोक्ने कि नतोक्ने भन्ने विषयमा निर्वाचनबाट छिनोफानो गर्न लागेको हो।

अखिल क्रान्तिकारीको संगठनात्मक संरचना अनुसार भौगोलिक र गैर भौगोलिक ८६ वटा जिल्ला मतदान केन्द्रमा मतदान चलिरहेको छ। बिहान १० बजेबाट सुरु भएको मतदान बेलुका ४ बजेसम्म चल्नेछ।

संगठनको इतिहासमा पहिलोपटक विधान उपर मतदान भएको नेतृ पञ्चा सिंहले बताइन्। उनले भनिन्, ‘प्रतिनिधिहरु आफ्नो विवेक प्रयोग गर्न सक्षम र योग्य भएकै कारण अखिल क्रान्तिकारीको नीति र नेतृत्वको फैसला गर्ने अधिकार प्राप्त गरेको हो।’

दवाव र प्रभावमा नपरी निर्देशित जनवाद होइन उच्च जनवाद प्रयोग गरेर संगठनले प्रदान गरेको यो ऐतिहासिक अवसरको सहि सदुपयोग गर्न सम्पुर्ण प्रतिनिधिलाई आग्रह पनि गरिन्।

उमेर हदको टुंगो लागिसकेपछि यही १७ गते नेतृत्व चयनका लागि भूगोल र गैर भूगोलगरी ९ प्रदेशस्तरमा मतदान हुनेछ।

असोज १०/१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्र रुप लिएपछि स्थगित भएको थियो। अहिले नेतृत्वका लागि दीपेश पुन, मदन भुल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, जीपी मैनालीलगायतको दाबी छ।

तर, पार्टी नेतृत्वको आकांक्षा राखेझैं ३२ वर्षे उमेर हद लागू भए अहिले नेतृत्वको दौडमा रहेका अधिकांश बाहिरिनेछन्।

IME
khanepani