रविलाई भेटेपछि डा.केसीले भने,- सहकारीमा कालो धन छ, रविमाथि प्रतिशोध भयो ?

पोखरा । राजनीतिक विश्लेषक प्राध्यापक डा.सुरेन्द्र केसीले देशभरिका करिब ४ हजार सहकारीहरुमा कालो धन लगानी भएको दाबी गरेका छन् ।

सहकारी ठगी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा.केसीले देशभरका ४ हजार सहकारीमा अवैध तरिकाले लगानी भएको खर्बौं रुपैयाँको खोजी हुनुपर्ने औंल्याए ।

उनले राज्यले त्यतातिर ध्यान नदिई रवि लामिछानेको पछि लागेर २८ करोड रुपैयाँको खोजीमा लागेको टिप्पणी गरे ।

विगतमा आफूले भनेको रवि लामिछानेले नमानेको गुनासो गर्दै राजनीतिमा लाग्नेहरुले आत्तिन नहुने भएकाले धैर्य गर्न लामिछानेलाई अनुरोध गरे ।

१३,पुष.२०८१,शनिबार १८:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्