काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

दीपक मनाङेका तत्कालीन स्वकीयसचिव टिका भण्डारी पक्राउ

4.62K
shares
khanepani bord

काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा कुटपिट गरेको घटनामा संलग्न थप एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार एक जनालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा सिन्धुलीका टिका भण्डारी छन्।

उनीसहितको टोलीले कात्तिक ११ गते दिउँसो लाजिम्पाटको इनोभा अस्पतालको पार्किङमा बिक्रम लामामाथि कुटपिट गरेको आरोप छ।

प्रहरीले यसअघि नै मार्शल भनिने शैलेन्द्र तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

आइतबार बिहान साढे ११ बजे नुवाकोट ककनी गाउँपालिका-६ घर भई टोखा नगरपालिका वडा नम्बर -३ बस्ने ३५ वर्षीय बिक्रम लामामाथि अस्पतालकै पार्किङमा अन्धाधुन्ध रड प्रहार भएको थियो।

घाइते लामाको प्राथमिक उपचार त्यही अस्पतालमा गरेर थप उपचारका लागि परिवारले ग्रीन सिटी अस्पतालमा लगेको थियो।

लामा जग्गाको व्यवसाय गर्छन्। लामा र कुटपिट गर्ने व्यक्तिहरूबीच पुरानो रिसइबी हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

IME
khanepani