काठमाडौं । पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा सर्वोच्च अदालतमा आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
बस्तीको अन्त्येष्टिपछि सर्वोच्च अदालतको पूर्ण बैठकले भर्खरै निधनप्रति शोक व्यक्त गरेर मुद्दाको सुनुवाइ नगरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।
उनका अनुसार पेशी सूची तोकिएपछि आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित गरिएको हो । सर्वोच्च अदालत बाहेक अरू उच्च र जिल्ला अदालत अनि न्यायाधिकरणमा भने मुद्दाको सुनुवाइ भइरहेका छन् ।
आइतबार बिहान पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा वस्तीको अन्त्येष्टि भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्