काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

नेपाली बजारमा आज सोमबार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

2.7K
shares
khanepani bord

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ।

आइतबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ।

आइतबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

IME
khanepani