![](https://nepalijanta.com/wp-content/uploads/2024/12/tiger-e1722928929613.jpg)
हेटौंडा । मकवानपुरको मनहरीमा बाघले ७ वटा बाख्रा मारेको छ । मनहरी गाउँपालिका वडा नम्बर-५ वसन्तपुरका सूर्यबहादुर मोक्तानको खोरको ७ वटा बाख्रा मारेको हो ।
बाघले एउटा बाख्रा भने जंगलतिर लगेको स्थानीयले बताएका छन् । आइतबार साँझ सोही गाउँमा बाघको आक्रमणमा ७२ वर्षीया कान्छीमाया रुम्बाको मृत्यु भएको थियो ।
बाघलाई नियन्त्रणमा लिन अहिले त्यस क्षेत्रमा दुईवटा हात्तीसहित सुरक्षाकर्मी परिचालन गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्