प्राप्त अधिकार र उपलब्धि सजिलै आएको होइन : उपप्रधानमन्त्री प्रकाशमान सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकार र उपलब्धिको रक्षाका लागि सबै एक हुनुपर्ने बताएका छन् ।

सोमबार टुँडिखेलमा तमु ल्होसारको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्राप्त अधिकार र उपलब्धि सहजै नआएको भन्दै यसलाई संस्थागत गर्न जुरुरी रहेको उनको भनाइ थियो ।

लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा सबै मिलेर गर्नुपर्ने बताउँदै उनले आम नेपाली जनताहरू राष्ट्र र समाजलाई उन्नत र सम्पन्न राष्ट्र बनाउनुपर्ने बताए ।

‘हामी सबैले प्राप्त गरेको यो अधिकार सजिलैसँग प्राप्त गरेको होइन । धेरै लामो संघर्षबाट प्राप्त गरेको अधिकारहरुलाई यसलाई सुरक्षित राख्दै, संस्थागत गर्दै हामीले यसै अधिकारलाई सुरक्षित र संस्थागत गर्दै आउँदै गरेको दिनमा आम नेपाली जनता, राष्ट्र र समाजलाई उन्नतिको एउटा उन्नत, सम्पन्न राष्ट्र बनाउन लाग्नुपर्छ,’ उनले भने ।

पहिचानको सुरक्षा र संवद्र्धन गर्दै अघि बढ्न जरुरी रहेको उनको भनाइ थियो ।

१५,पुष.२०८१,सोमबार १७:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्