काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

खुर्सानीको बोराभित्र लुकाएको लागूऔषधसहित भन्सार इलाकाबाट एक जना पक्राउ

4.36K
shares
khanepani bord

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१६ भन्सार इलाकाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको टोलीले विभिन्न किसिमका लागू औषधसहित बहुदमाई गाउँपालिका–३ नगरदाहा बस्ने ३६ वर्षीय मिश्री रामलाई नियन्त्रणमा लिएको हो ।

भारतबाट पैदल आउँदै गरेका उनले ल्याएको हरियो खुर्साको बोराभित्र लुकाएको डाइजेपाम ४९० एम्पुल, बुप्रेनोर्फिन ४९९ एम्पुल, नोफिन २९७ एम्पुल र प्रोमाथाजिन हाइड्रोक्लोराई इन्जेक्सन ४९७ एम्पुल बरामद भएको छ।

नियन्त्रणमा लिएका उनलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि पठाइएको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

IME
khanepani