काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

नयाँ पार्टी गठनको तयारीमा रहेका भीम रावलले आज आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै

3.03K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज बुधबार आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै छन् ।

कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आएका छन् ।

गत सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर देशभक्त समाजवादी पार्टी बनाउने प्रस्ताव राखेको स्रोतले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको खुलेर विरोध गर्दै आएका रावलले २०७८ सालमा चितवनमा आयोजित १० औं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए । उनी पराजित भएपछि एमालेले सल्लाहकार कमिटीमा राखेको थियो । तर उनले त्यो जिम्मेवारी बहन गरेका थिएनन् ।

पछिल्लोपटक गत दशैंमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउनका लागि जग्गा दानमा लिने पार्टीको निर्णयको उनले खुलेर विरोध गरेका थिए । त्यसपछि अनुशासन विपरीत गतिविधि गरेको भन्दै रावललाई एमालेले पार्टीबाटै हटाउने निर्णय गरेको थियो ।

आजको पत्रकार सम्मेलनपछि मेची-महाकाली अभियान चलाउने उनको योजना छ ।

IME
khanepani