चीनमा नेपाली चिया निर्यात गर्न सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा नेपाली चिया निर्यातको सहजीकरणका लागि सरकारले गृहकार्य थालेको बताएका छन् ।

गत डिसेम्बर ५ देखि २० दिनसम्म चीनको वाणिज्य मन्त्रालयको प्रायोजन तथा फुजियान प्रान्तस्थित झाङझाङ कलेज अफ साइन्स एण्ड टेक्नोलोजीको आयोजनामा ‘नेपालका लागि चिया प्रशोधन प्रविधि र चिया उद्योग प्रवर्द्धनसम्बन्धी तालिम’ मा सहभागी भई फर्किएकासँगको भेटमा प्रधानमन्त्री ओलीले चिया संस्कृतिको विकाससँगै अर्गानिक चियाको उत्पादन, बजारीकरणमा जोड दिए ।

चिनियाँ चिया संस्कृति, ब्रान्डिङलगायतको विषयमा कलेजद्वारा आयोजित तालिम कार्यक्रमले नेपाली चिया उद्योग प्रवर्द्धनमा टेवा पुग्ने प्रधानमन्त्रीको विश्वास थियो ।
नेपाल-चाइना टी कल्चर प्रवर्द्धन समाजका अध्यक्ष प्रोफेसर सचित आनन्द सुब्बाले कलेजको तर्फबाट प्रधानमन्त्री ओलीलाई कदरपत्र र उपहार हस्तान्तरण गरेका थिए । सुब्बाले इलाममा चिया फेस्टिबल गर्न भइरहेको तयारीबारे जानकारी गराए ।

बालुवाटारमा भएको भेटमा इलाम २ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ पनि सहभागी थिए ।

यसैबीच निम्न व्यक्ति सम्मिलित नेपाल-चीन चिया संस्कृति प्रवर्द्धन समाज चयन गरिएको छ ।

– अध्यक्ष: सचित आनन्द सुब्बा

– उपाध्यक्ष: ज्योति अधिकारी

– उपाध्यक्ष: हेम कुमारी भुजेल

– कोषाध्यक्ष: उरुषा चापागाईं

– सचिव: चिरञ्जीवी दाहाल

– सहसचिव: प्रकाश एजाम सुब्बा

– सदस्य: उदय याङ्ग्या लिम्बु

– सदस्य: दिलकुमार राई

– सदस्य: निकिता नेपाल

– सदस्य: कर्मा सुब्बा

– सदस्य: योगेश खत्री

– सदस्य: गोपाल दाहाल

– सदस्य: कोपिला पोखरेल

१७,पुष.२०८१,बुधबार ११:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्