टेकबहादुर तामाङ उपत्यका प्रहरी प्रमुख, प्रहरीका दुई विभाग रिक्त

काठमाडौं । सरकारले उपत्यका प्रहरी प्रमुखको जिम्मेवारीमा एआईजी टेकबहादुर तामाङलाई दिएको छ । हिजोको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो ।

यस सँगै नेपाल प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) स्थित एआईजी कमाण्डका दुई युनिट कमाण्डरविहीन भएका छन् । तामाङ यस अघि अपराध अनुसन्धान विभागका प्रमुख थिए ।

मंगलबारको मन्त्रिपरिषद् निर्णयले एआईजी तामाङ त्यहाँ सरुवा भएको प्रधान कार्यालय स्रोतले जनाएको छ । त्यहाँको जिम्मेवारीमा रहेकी किरण बज्राचार्य सोमबारदेखि उमेरहदका कारण प्रहरी सेवबाट अवकाश भएकी थिइन् । तामाङ २०५२ भदौ १९ गते इन्स्पेक्टर दर्जाबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

प्रहरीमा दुई एआइजीको दरबन्दी रिक्त छन् । त्यसमध्ये प्रदेश समन्वय विभागको जिम्मेवारी सम्हालेका भरतबहादुर बोहोरा पुस ११ गते अवकाश भएका थिए ।

१७,पुष.२०८१,बुधबार १३:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्