अंग्रेजी नयाँ वर्षमा जानकी मन्दिरमा पूजापाठ गर्ने श्रद्धालुको घुइँचो
वि.सं.२०८१ पुस १७ बुधवार १६:५१
shares

जनकपुरधाम । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गर्ने श्रद्धालुहरुको भीड लागेको छ ।
माता जानकीबाट आशिर्वाद लिएर नयाँ वर्षको शुभारम्भ गर्न आज विहानैदेखि जानकी मन्दिरमा श्रद्धालुहरुको भीड लागेको हो । मन्दिर भीत्र र बाहिर जताततै श्रद्धालुहरु खचाखच भरिएको छ ।
मन्दिरमा पूजापाठ गर्नेहरुले आज प्रसादको रूपमा लड्डु चढाउँछन् । बजारमा लड्डुको विक्री ह्वातै बढेको छ । अंग्रेजी नयाँ वर्षको दिन खासगरी ठूलो संख्यामा भारतीय श्रद्धालु यहाँ आउने गरेका छन् ।

























