काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज तीन वटा खेल हुँदै

3.8K
shares
khanepani bord

रुपन्देही । बुटवलमा हिजोदेखि सुरु भएको इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज तीन वटा खेल हुँदै छ ।

पहिलो सेटमा त्रिभुवन आर्मी र गुजराज स्टेट भलिबल भारतबीच खेल हुनेछ । यस्तै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मणिमुकुन्द भलिबल क्लबबीच दोस्रो तथा एपीएफ र गल्कोट भलिबल क्लबबीच तेस्रो खेल हुनेछ ।

यसअघि हिजोको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई हराएर विजयी शुरुवात गरेको छ । पुलिसले अब पर्सि शनिवार मणिमुकुन्द भलिबल क्लबसँग खेल्नेछ । मदन भण्डारी एकेडेमी भोलि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रसँग खेल्नेछ ।

यही पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ वटा टोली सहभागी छन् ।

प्रतियोगितामा पहिलो हुने टोलीले सात लाख, दोस्रो हुने टोलीले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ७५ हजार सान्त्वना स्थान प्राप्त गर्ने टोलीले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

IME
khanepani