काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

नेकपा माओवादीले भन्यो, ‘संविधान संशोधन होइन, कार्यान्वयन अहिलेको आवश्यकता हो’

3.09K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्रले संविधान संशोधनभन्दा संविधान कार्यान्वयन अहिलेको आवश्यकता भएको बताएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समितिको बैठकमा सरकारले अघि बढाउने भनेको संविधान संशोधनको विषयमा छलफल भएको थियो ।

बैठकले संविधान संशोधन नै गर्ने हो भने जनतालाई अझ अधिकार सम्पन्न बनाउने गरी अघि बढ्नुपर्ने निश्कर्ष निकालेको छ ।

‘सरकारले संविधान संशोधनको कुरा गरिरहेको छ । खासमा यो आफ्ना असफलता छोप्ने आवकरण मात्र हो,’ बैठकमा भएका छलफलबारे जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘जनताका अधिकारलाई अझ विस्तार गर्नका लागि हो भने हामी पनि संशोधनको पक्षमा छौँ । तर, अहिले त्यस्तो देखिँदैन । त्यसैले संशोधनभन्दा संविधानको कार्यान्वयनमा जोड दिनुपर्छ भन्ने धारणा बैठकमा उठेको छ ।’

उनले वर्तमान सरकारले संविधानको कार्यान्वयनमा इमान्दारी नदेखाएको पनि बताए । ‘अघिल्लो सरकारले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा दृढतापूर्वक कामअघि बढाएपछि आत्तिएर कांग्रेस–एमालेले संविधान संशोधनको आवकरणमा वर्तमान सत्तागठबन्धन बनाएका हुन्,’ उनले थपे, ‘त्यसैले अहिले संशोधनमा होइन, संविधानको प्रभावकारी कार्यान्वयनमा हाम्रो जोड रहेको छ ।’

प्रवक्ता सापकोटाका अनुसार बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संविधान संशोधनका कुरा गरेर सत्ता लम्ब्याउने खेलमा लागेको बताएका थिए ।

IME
khanepani