काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले निश्चित जिम्मेवारी, उमेर र अवधि पूरा गरेपछि सक्रिय पार्टीको सङ्गठनात्मक जीवनबाट बिदा अनिवार्य हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।
उनले थप भनेका छन्– पार्टीको सदस्यता त्याग गरेर राज्यको माथिल्लो जिम्मामा पुगेका जस्तै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख आदिहरू पुनः सक्रिय सङ्गठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुन्छ ।
सक्रिय सङ्गठनात्मक जीवनमा नफर्कने व्यक्तिहरूलाई त्यस्ता जिम्मामा पठाउनुपर्ने भन्दै उनले सङ्गठनात्मक जीवनमा प्रवेशको ढोका खुल्ला हुने तर निस्कने ढोका सबै बन्द गर्दा नयाँहरूको प्रवेश नहुने उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्