काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

सगरमाथा क्षेत्रमा असुरक्षा बढेकाे भन्दै हवाई उडान बन्द गर्ने वायु सेवा सञ्चालककाे निर्णय

2.57K
shares
khanepani bord

काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले सगरमाथा क्षेत्रको उडानमा असुरक्षा बढेको भन्दै हवाई उडान स्थगन गर्ने निर्णय गरेको छ।

संघले एक विज्ञप्ति जारी गर्दै आजदेखि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका लगायतका स्थानीय समूहले धम्की दिएको भन्दै हेलिकप्टर र जहाज अनिश्चित कालको लागि उडान स्थगित गरेको जनाएको छ ।

निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थान संरक्षणमा चुनौती हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको थियाे ।

साेही कारण त्यस क्षेत्रमा व्यावसायिक रुपमा उडान बन्द गराउने निर्णय लिएकाे संघले जनाएकाे छ ।

हाल खुम्बु क्षेत्रका हेलिप्याडमा स्थानीयले आपत‍्कालीन उडानबाहेक अरू उडान गर्न नपाइने भन्दै झण्डा गाडेर अवरोध गरेका छन् ।

IME
khanepani