केयूकेएलमा सिइओ पौडेलको विकल्प खोज्न शुरु, उनी असफल सावित (कार्यसम्पादन सझौतासहित)

काठमाडौ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को व्यवस्थापनको कार्यशैली प्रति खानेपानी मन्त्रालय देखि प्रधानमन्त्री कार्यालय समेत रुष्ट देखिएको छ ।

प्राविधिक शैलीको केयूकेएलमा अर्थ र प्रशासन पृष्ठभुमिका व्यवस्थापनका अधिकारीहरुको दादागिरीले गर्दा केयूकेएल विघटनको संघारमा पुगेको खानेपानी मन्त्रालयका अधिकारीको निष्र्कष रहेको छ ।

केयूकेएलका सिइओ अशोककुमार पौडेल, अर्थ तथा प्रशासन विभाग प्रमुख प्रकाशकुमार राई र प्रशासन महाशाखा प्रमुख योगेन्द्र बहादुर बमको क्रिडा स्थल भएको केयूकेएल भविष्यमा पनि उठ्नै नसक्ने गरि धाराशायी भएको केयूकेएलका मठाधिशहरुको तर्क रहेको छ ।

प्राविधिक ज्ञान सून्य रहेका सिइओ अशोक कुमार पौडेललाई केयूकेएलको व्यवस्थापन संचालनमा पुरै असफल भइसकेको उनको केयूकेएल संचालक समितिले गठन गरेको दुई सदस्य कार्यसम्पादन मुल्याङ समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त प्रतिबेदनलाई केयूकेएल संचालन समितिको बैठकले ग्रहण गरिसकेको छ ।

उनलाई असफल बनाएर सिइओ हुने च्याँखे दाउमा बसेका प्रकाशकुमार राईको सपना पनि हुरी बतासले उडाउने संकेत देखिएको छ । राई, बम र सिइओ पौडेलसहितको विकल्पमा जाने गरि केयूकेएल संचालन समितिलाई आधिकारीक तहबाट निर्देशन भएको बुझिएको छ ।

यसका लागि केयूकेएलको बार्षिक उत्सव अगाडि नै निर्णय हुने वा बार्षिक उत्सवपछि भन्ने दुविधा उत्पन्न भएको छ । केयूकेएलका युनियनहरु पनि सिइओ हटाउने च्याँखे दाउमा बसेको देखिएको छ । उनीहरु आफ्नो बलमा भन्दापनि संचालक समितिका सदस्यहरुको सिंगल कुरेर बसेको बुझिएको छ ।

सिइओ पौडेलको कार्यसम्पादन सम्झौतालाई संचालक समिति र सिइओले आफ्नो वयेव साइडमा नराखेर सरोकारवालाहरुको आखाँमा छोरो हाल्ने काम गरेका छन । नेपाली जनताले प्राप्त गरेको उक्त कार्यसम्पादन सम्झौता जस्ताको तस्तै यहाँ राखिएको छ ।




२१,पुष.२०८१,आईतवार २२:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्