प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अख्तियारबाट डामिएका चालिसे पिआईडीमा अकुत कमाउने बोटो खोज्र्दै

काठमाडौं । भ्रष्टाचारमा लिप्त लेखा प्रशासनका कर्मचारीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ससुराली घर जस्तै मान्ने गरेका उदाहरण धेरै छन । त्यस्तै उदाहरण मध्येका एक हुन काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यन्वयन निर्देशनालय (पिआईडी)का लेखा प्रमुख गणेश प्रसाद चालिसे ।

उनी कमिशन नआउने कुनै पनि भुक्तानी गर्न तयार हुर्दैनन । कमिशन आउने फाइल टेवलमा पुग्नै पाउर्दैन भुक्तानी गर्न हतार गरिहाल्छन । यो उनकै समकक्षिहरुको भनाई हो । संसद सचिवालयमा सरुवा भएर जानका लागि महालेखा नियन्त्रकलाई नजराना बुझाएका चालिसेको दोस्रो रोजाई पिआईडीमा सरुवा भएका थिए । लेखाका उपसचिवहरुका लागि पिआईडी आर्कषक आयोजना हो । यस आयोजनामा सरुवा भएर जान कोष तथा महालेखा नियन्त्रको कार्यालयमा एक वर्षदेखि भनसुन चल्ने गर्दछ । यहाँ सरुवा भएर आएका लेखा उपसचिवहरुले महालेखा नियन्त्रकलाई निश्चित कमिशन बुझाउने शर्त रहेको हुन्छ । त्यो शर्त पुरा गर्न नसक्ने लेखाका कर्मचारीहरुले आकर्षक अड्डा पाउन मुस्किल हुने लेखाका भुक्तभोगीहरुको तर्क रहेको छ ।

चालिसेलाई पनि त्यो प्रतिवद्धता पुरा गराउनका लागि अनेक बहाना बनाउर्दै आएका छन । उनले पहिलो चरणमा कुनै पनि भुक्तानी गर्न आनाकानी गरेका थिए । पछि सम्बन्धीतसँग कुरा मिलेपछि ठुला भुक्तानीका लागि सहमत भएका हुन । साना भुक्तानीमा पनि उचितमात्रमा कमिशनको बार्गेनिङ गर्दै आएका छन । उनले साना खालका गाडि मर्मत, विज्ञापन, स्टेशनरी, हवाइ टिकट लगायत अफिसियली काम आफ्ना मानिसलाई दिन पनि पिडी र प्रशासन प्रमुखलाई दवाव दिईरहेको पनि समाचार स्रोतले दावी गरेको छ ।
उनी जो कोहिसँग कुरा गर्दा मोवाइलमा अडियो रेकर्ड गराएर मानिसहरुलाई फसाउन निक्कै चतुर छन ।

उनी शक्ति केन्द्रहरुका मानिसहरुको, ठेकेदारहरुको र कार्यालयमा कर्मचारी साथिहरुको पनि भिडियो र अडियो खिचिहाल्छन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा गाडि खरिद गर्दा व्यापक अनियमितता गरेको आरोपमा एक वर्ष अख्तियारको निलम्बनमा परेका थिए । उनी यस्ता हजारौ घटनामा मुछिएका लेखा उपसचिव हुन । उनका बिषयमा नेपाली जनताले धेरै दस्तावेजहरु प्राप्त गरिसकेको छ ।

२२,पुष.२०८१,सोमबार २०:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्