काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

नेपाली बजारमा आज सोमबार सुन–चाँदीको भाउ स्थिर

3.07K
shares
khanepani bord

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

आइतबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।

आइतबार प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

IME
khanepani