काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

सिन्धु विकास बैंक डुब्ने संघारमा, ६० रुपैयाँमा संस्थापक शेयर बेच्न ग्राहक खोज्दै

6.34K
shares
khanepani bord

काठमाडौं । नेपाल राष्ट्र बैंकले पटकपटक सुधार गर्नु गराउनु भन्दै दिएको निर्देशनलाई बेवास्ता गर्दै आएको सिन्धु विकास बैंक डुव्ने संघारमा पुगेको बैंककै कर्मचारीहरुले बताएका छन । राष्ट्र बैंकले सो बैंकले वित्तीय अनुशासन पालना नगरेको भन्दै प्रत्येकवर्ष कारबाही गर्दै आएको छ । राष्ट्र बैंकले पटकपटक कारबाही गरेपनि सुधार नगरेपछि अहिले सो बैंक जोखिममा परेको बताइएको छ । केही समयअघि नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन पालना नगरेको भन्दै कारबाही गरेको सिन्धु विकास बैंक अहिले थप समस्यामा फस्दै गएको छ ।

पछिल्लो समय बढ्दो खराब कर्जा तथा वित्तीय अनुशासन पालना नगरेको भन्दै बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई आर्थिक जरिवानासहित पदबाट हटाउनुका साथै सीईओ समेतलाई कारबाही गरिएको थियो । अहिले बैंक नै डुब्न लागेको भन्दै बैंकका संस्थापकतर्फका संचालकहरुले आफ्नो सेयर जति मूल्य पायो त्यतिमै बिक्रीमा राखेको समेत बताउदै आएका छन् । चालू आर्थिक वर्षको पहिलो त्रैमासिककै तथ्यांकलाई हेर्दा बैंकको खराब कर्जा उच्च रुपमा बढेर ११ दशमलव २९ प्रतिशतमाथि पुगेको छ ।

पछिल्लो समय उक्त अनुपात अझै बढेको बैंककै लगानीकर्ताहरु बताउँछन् । बैंकको बोर्डमा रहेर भित्री सुचनामा पहुँच भएका संस्थापकहरुले अहिले बैंकको सेयर प्रतिकित्ता ६० रुपैयामै बिक्रीमा राखेको समेत बताइएको छ । भने अझै सो बिक्री मुल्य घट्ने बताइएको छ । बैंकको अवस्था एकदमै नाजुक बन्दै गएपछि अधिकाशं संस्थापक लगानीकर्ताहरु शेयर बेच्न ग्राहक खोजी गर्दै आएको बताइएको छ । राष्ट्र बैंकले सिन्धु विकास बैंकलाई पुँजी कोष नपुगेको, खराव कर्जा उच्च भएका तथा कर्पोरेट गभर्नेन्स खराब भएको भन्दै शीघ्र सुधारात्मक कारवाही गरेको थियो ।

सोहीअनुरुप बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई ५ लाख जरिवाना गर्दै पदबाटै हटाएको थियो । यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीलाई पनि पदबाट हटाइएको थियो । राष्ट्र बैंकले कारबाही गरेसँगै उक्त बैंकमा अहिले कर्मचारी संचयकोषबाट प्रतिनिधित्व गर्ने संचालक दामोदरप्रसाद सुवेदी अध्यक्ष भएका छन् भने सीईओको पदमा कोही पनि नियुक्ती गरिएको छैन । सीईओ खाली भएसँगै राष्ट्र बैंकले दिएको निर्देशनअनुसार बैंक संचालक समितिले सुरेश देवकोटालाई सीईओमा नियुक्त गरेको थियो ।

तर, देवकोटाले अहिलेसम्म पदबहाली गरेका छैनन् । संचालक समितिले उनलाई यहीँ पुस १ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको थियो । तर, बैंकको वित्तीय अवस्था नाजुक हुँदै गएको बैंकलाई राष्ट्र बैंकले टेकओभर गर्न सक्ने भन्दै सीईओको पद बहाली नगरेको समेत बताइएको छ ।

सो सम्बन्धमा पटकपटक बैंकको केन्द्रीय कार्यालय सिन्धुपाल्चोकको बाह्रविसेमा फोन सम्र्पक गर्दा त्यहाँ कुनै पनि आधिकारीक व्यक्ती नभएको र कर्मचारीमात्र भएको बताउदै बनेपामा रहेको कर्पोरेट अफिसमा फोन गर्नुभन्दै फोन राखिदिएका छन् । बैंकको केन्द्रीय कार्यालयमा आधिकारीक कोही नभेटिएपछि कर्पोरेट अफिस काभ्रेको बनेपामा फोन गर्दा त्यहाँ पनि आधिकारीक जवाफ दिने कोही पनि नभएको भन्दै त्यहाँका कर्मचारीले पनि फोन राखिदिए ।

IME
khanepani